लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुकुर तिहारको अवसरमा बेबारिसे सडक कुकुरहरुलाई खाना उपचार र भ्याक्सिन

IMG

तिलोत्तमा सिटी, कार्तिक २९, २०७७। यमपंचकको दोस्रो दिन कुकुर तिहारको अवसर पारेर  बुटवलमा  असहाय,अशक्त  सडकका बेवारिसे कुकुरहरुलाई खाना तथा रेविज विरुद्दको भ्याक्सिन वितरण गरिएको छ।  बुटवल वरपरका विभिन्न खाले घाइते कुकुरलाई उपचार समेत गरेको संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्काले बताइन  । साथै सस्थाले यस अभियानमा जोडिन चाहेमा वा सडकमा कुनै घाइते असाहय कुकुर देखेमा आफुहरुलाई सम्पर्क गर्न सबै मनकारी व्यक्तिहरुलाई यस अभियानका अभियन्ता राजन गौडेलले अनुरोध गरेका छन्।


यो अभियान हाल बुटवल १३ जितगढिबाट सुरु गरि,बेल्वास , बुटवल २, मैनाबगर  ,बुटवल ११ रामनगर लगायतका ठाउमा शुरु गरिएको छ।  सडकमा बेबारिसे बनेका असहाय, अशक्त  कुकुरहरुलाई खाना तथा रेविज विरुद्दको भ्याक्सिन वितरण ,घाइते कुकुरलाई उपचार गर्ने कार्यक्रम अन्य ठाउमा समेत लैजाने संस्थाका सस्थापक अध्यक्ष सुरुची खड्काले बताएकी छिन।  सो अभियानमा उपाध्यक्ष राजन गौडेल ,सचिब शंकर पाण्डेय ,सहसचिव हेमा पुरी  , सुनिता श्रीस , सह- कोषध्यक्षमा मधु पौडेल ,गिता कुवर सदस्य दिपेश राज नेपाल, सल्लाहाकार गोपाल पाण्डे,राजेश गैर जयप्रकाश भट्टराई ,भेट (VET) सल्लाहाकार केशव लम्साल,सन्दीप पौडेलको लगायतको उअपस्थिति रहेको संस्थाका सचिब शंकर पाण्डेयले जानकारी दिए ।



कमेन्ट गर्नुहोस्