
तिलोत्तमा ,कार्तिक २८ -यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्याक्तिहरुलाइ लक्षित गरि रुपन्देहीको तिलोत्तमामा राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।कोरोना भाइरस कोभिड १९ को कहरका कारण जीवनयापनमा असहज भएका महिलाहरुलाई लक्षित गरि युएन वुमनको आयोजनामा नगरका १७ वटै वडाका महिलाका लागि कार्तिक २६ देखि २७ गतेसम्म राहत वितरण गरिएको हो ।ब्लु डायमण्ड सोसाइटी, वुमन एक्ट, र सिडिडब्लुएन लगायतका सहयोगी संस्थाहरुको आबद्धतामा युएन वुमनले राहत वितरण गरिएको ब्लु डायमण्ड सोसाइटी र एफएचआइ ३६० एपिक नेपाल प्रोजेक्ट प्रतिनिधि, नेशनल पियर नेविगेशनर मोबिलाइजेशन अफिसर तथा तेस्रो लिङ्गी अधिकारकर्मी आनिक राना मगरले बताउनुभयो ।
सो कार्यक्रमबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता, दलित समुदायका २५० जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रानाले प्रत्येक ब्याक्ति चामल,दाल,नुन,तेल,साबुन,टुथपेष्ट,स्वास्थ्य सामग्री, र नगद १३—१३ हजार बितरण गरिएको जानकारी दिनुभयो ।सो कार्यक्रममा मात्रै ३२ लाख ५० हजार नगद राहत दिइएको हो । निल हिरा समाज केन्द्रकी प्रेसिडेन्ट पिङ्की गुरुङ , तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी,अधिकारकर्मी आनिक राना लगायतले राहत वितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्