
गुल्मी,कात्तिक२८-गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । अन्य २ जना मध्यम र २ जना सामान्य घाइते छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्