लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकी निर्वाचन : प्रारम्भिक मतगणनामा ट्रम्प अगाडि

IMG

१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन अब धेरै समय नलाग्ने भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका भए पनि अहिलेको तथ्यांकले डोनाल्ड ट्रम्पको जित निश्चित जस्तै देखिएको हो ।अहिलेसम्म अमेरिकाका ५० मध्ये ३५ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले यो समाचार तयार पार्दा सम्म २३८ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा २१३ इक्लेक्टोरल भोट परेको छ ।तर, अब नतिजा आउन बाकि राज्यमा डोनाल्ड ट्रम्पको बर्चस्व प्रतिशतले बढी देखिन्छ, जसबाट उनको जित पक्का पक्कि जस्तो भएको छ।


मतगणनामा बाइडनले क्यालिफोर्निया, ओरेगन र वासिङटन, नयुयोर्कलगातयका राज्यमा जित हात पारेका छन् । त्यस्तै ट्रम्पले पनि मिसिसिपी, मिसौरी, इन्डियाना, वेस्ट भर्जिनियालगायतका राज्यमा जित हात पारेका छन् ।यो निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने मानिएका टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना, पेन्सिल्भानियालगायत राज्यको नतिजा भने आउन बाँकी छ । यी सबै राज्यमा भने प्रारम्भिक मतगणनामा ट्रम्प अगाडि देखिएका छन् ।

कमेन्ट गर्नुहोस्