लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बसन्त र शान्ति श्रीको ‘डाँफे चरी’,पल र रियासाको ‘लभ स्टोरी’

tillotmacitynews - 2020 Nov 04 08:31 PM
IMG

बुटवल, कार्तिक ९-

खोली रोयो,नदी बन्यो म रोएर आँशु,

तिम्रै पिरले रुदा रुदै आधा घट्यो मासु....‘डाँफे चरी’ भन्छे .....

यी शब्दले सजिएको ‘डाँफे चरी’ सार्वजनिक भएको छ । चर्चित गायक बसन्त लम्साल र गायीका शान्ति श्री परियारको जादुमय स्वरमा सजिएको गीतले राम्रो भ्युज पाइसकेको छ । भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ भने  । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् । 


झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’,‘हाम्रो प्यारो अर्घाखाँची’ टीकटक खोल्दा तिम्रै भिडियो आउछ लगायतका दर्जनौं गीत चर्चित छन् ।उनी बुटवलको बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा समेत कार्यरत छन् ।


कमेन्ट गर्नुहोस्