लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा हराएको ११ तोला सुन भेटियो

tillotmacitynews - 2020 Oct 29 07:20 PM
IMG

१३ कार्तिक,बुटवल । बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो ।कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो ।


झोला हराएपछि उनले प्रहरीमा निवेदन दिएकी थिइन् ।निवेदनका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए ।हराएको सुनका गहना पाउँदा पोखरेलको मुहारमा खुशी छाएको थियो । पोखरेलले हराएको गहना फेला पार्ने प्रहरीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्