लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी,पक्राउ गरेर मुद्दा चलाउन निर्देशन

IMG

१३ कात्तिक, काठमाडौं । र्‍यापर भिटेन उपनामले चर्चित समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ। एक साताअघि युट्युबमा भिटेनको ‘पारा’ शीर्षकमा सार्वजनिक भएको र्‍याप भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै प्रहरी प्रधान कार्यलयले कारबाही गर्न साइबर ब्यूरोलाई पत्र लेखेको हो।अहिले साइबर ब्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। भिटेनले र्‍याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गर्नुको साथै प्रहरीलाई समेत दुर्वचन प्रयोग गरेकाले कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए। उनले भने, “भिडियोमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्।


नेपाली समाज, महिला र प्रहरीलाई आपत्तिजनक भाषा प्रयोग गरेको देखिन्छ।”यसअघि महानगरीय अपराध महाशाखाले भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।त्यसबेला उनलाई भिडिओ युट्युबबाट हटाउन लगाउनुका साथै अब त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले बिना कारबाही रिहा गरेको थियो।प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

कमेन्ट गर्नुहोस्