लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छोरी जिस्काउनेलाई वडा अध्यक्षले लगाइदिए कालोमोसो र जुत्ताको माला

tillotmacitynews - 2020 Oct 28 03:03 PM
IMG

भैरहवा । रुपन्देहीका एक वडाध्यक्षले आफ्नो छोरीलाई जिस्काएको भन्दै एक युवालाई कालोमोसो दलेका छन् । मर्चवारको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सत्यनारायण केवटले आफ्नो छोरी जिस्काएको निहुँमा एक युवालाई चरम यातना दिएका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ पचपेडवाका २२ वर्षिय बब्लु केवटले छोरी जिस्काएको भन्दै वडाध्यक्षले बुधबार बिहान युवकलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएका छन् ।


वडाअध्यक्षले आफ्नो पदको दुरुपयोग गर्दै आफै युवकलाई सजाय दिँदा नजिकै रहेको प्रहरीलाई भने यस बारे जानकारी नै थिएन । स्थानीयहरुले प्रहरीलाई जानकारी दिए पछि मात्र युवकको उद्दार गरिएको थियो । ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरिक्षक अमृत भण्डारीले वडा अध्यक्ष सत्यनारायण केवट र युवक बब्लु केवटलाई सोधपुछको लागि इलाका प्रहरी कार्यालयमा राखिएको जानकारी दिए । उनले यसबारे थप बुझ्ने प्रयास भई रहेको बताए ।ल हेर्नुस भिडियो :


पछिल्लो समय रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दण्डहिनता बढ्दै गएको छ । सुरक्षाकर्मिको उपस्थिति रहेको ठाउमै स्थानीयहरु आफै दण्ड दिन उद्दत हुँदा कानूनी राज्यको उपहास भएको छ । केही समय पहिला प्रेम सम्बन्ध रहेको आरोपमा परिवारद्वारा निर्घात कुटिएकी किशोरीको घटना सेलाउन लागेको थियो । अहिले फेरी मर्चवारका स्थानीय जनप्रतिनिधिले आफै सजाय दिन थालेपछि मर्चवारका सरकारको कानून भन्दा आफ्नै कानून लागू गर्ने परिपाटी बस्दै गएको ।  साभार ग्लोबलआवाज 

कमेन्ट गर्नुहोस्