लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दर्शकलाई सधै सर्प्राइज दिदै ज्योती र लाउरे : डान्सिङ विथ दि स्टार्स नेपाल’

IMG

हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा चर्चित एकजना संग कोरियोग्राफी गरेका रका एक मिलेअएर जोडी क्रियट गरिको छ । त्यसको एउटा ससक्त जोडी हो ज्योति मगर र लाहुरे सिङ्गको जोडी। 


आफ्नो हट गायन प्रस्तुतिबाट स्टेजमा जमेकी तथा नेपाली लोक संगीतको दुनियामा छुट्टै पहिचान  बनाउन सफल ज्योती मगरको केमेस्ट्रि लाउरे सिङ्गसंग मज्जाले जमेको छ।  सधैको प्रस्तुतिमा दर्शकको लागि सर्प्राइज लिएर आउने यो जोडीले छोटोसमयमा निकै भोट र सहानुभूतिसंगै माया अपाउन सफल रहेको छ।  आफ्नो प्रस्तुतिले डिआइडि समेत चम्काएर नेपाल छिरेका लाउरेले १ बर्ष अगाडी बाट ज्योतिमगरसंग आफ्नो नृत्यको क्षेत्रलाइ अझ ससक्त ढंगले पस्किरहेका थिए।  उनको नृत्यबाट ज्योती मगर मात्र हैन अहिले दर्शक दीर्घामा समेत ठुलो छाप परेको छ।  सधै गाउने अनि आफ्नो स्टेजको प्रस्तुतिले मन जितेकी गायिका ज्योतिलाई नचाउन सक्ने मान्छे लाउरे साबित भएका छन्। 


दर्शकले नसोचेको नृत्यका प्रस्तुति हरुले निर्णायक वर्गका दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई  समेत चकित छन्।जब कोरियोग्राफर लाहुरेले ज्योतिलाई डान्समा सहयोग गरे तब ज्योतिको कसैले पनि नसोंचेको एउटा प्रतिभा देख्ने मौका पाए । डान्सींग वीड द स्टारस नेपालको त्यो स्टेजमा जब ज्योति र लाहुरेको प्रस्तुति जजले देखे तब तीनै जना जजहरु दंग नै परे । जज मात्र हैन ज्योतिको त्यो प्रस्तुति हेरेपछि अहिले उनको प्रतिभाको देश विदेश चारैतिर चर्चा भईरहेको छ । उनका कोरियोग्राफर पार्टनरको रुपमा लाउरे सिंह रहेका छन् । दर्शकले नसोचेको पर्फर्मेन्स दिने यो जोडीको ससक्त पक्ष लाउरेको कोरियोग्राफि हो । ज्योति र लाउरेको जोडीसंगै यो शोमा १० जोडी भएका छन् ।यो शोमा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।

कमेन्ट गर्नुहोस्