लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमणबाट मालपोत कार्यालयका कर्मचारीको मृत्यु

tillotmacitynews - 2020 Oct 23 06:40 PM
IMG

कोरोना संक्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दुधरास निवासी ५३ वर्षीय नायब हीराबहादुर डाँगी छन्।उनलाई यही कात्तिक ४ गते संक्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो। रासस

कमेन्ट गर्नुहोस्