
शोभाखर पन्थ, बुटवल । नेपाली लोकदोहोरी क्षेत्रमा फरक फरक विधामा आफ्ना एल्बमहरु बजारमा सार्वजनिक गरी सकेका सफल युवा कलाकार नारायण विपी परियारले आउदै गरेको विजयादशमी–२०७७ लाई लक्षितगरी दशै विशेष गीत ‘परदेशी’ बजारमा सार्वजनिक भएको छ। उनै कलाकार नारायण विपी परियार र गायिका देवी घर्तिको मिठो स्वरमा रचिएको ‘परदेशी’ गीतको अभिनयपनि नारायण विपी परियार र लोकदोहोरी गायिका विष्णु श्रीपालीको गरेकी छन् । बबी जिसीको लय÷शब्दमा रहेको उक्त गीतको निर्देशन गायक विक्रमबाबु विश्वकर्माको रहेको छ ।
त्यसैगरी उक्त गीतको छायांकन/ सम्पादन शोभाखर पन्थ र कृष्ण शर्माले गरेका छन् । ड्रोने शिव बस्याल ले गरे का थिय । नेपालीहरुको महान चार्ड विजयादशमी नजिकिदै गर्दा धन कमाउन परदेशमा गएका लाखौ नेपालीहरु विभिन्न कारणले दशंै मनाउन आफ्नो जन्मथलो गाउँ घरमा आउन नपाउँदाको पिडा वास्तविक रुपमा छर्लङ्ग प्रस्तुत गरिएको छ । खासगरी यो गीतमा एउटा व्यक्तिको पारिवारिक जीवनलाई समेटिएको गीत ‘परारनी आएन, पोहोर छुट्टी पाईन,अहिलेनी आईन परदेशी’ भनेर विदेशमा धन कमाउन गएका श्रीमानले भन्न खोजेको र श्रीमतीले परारनी आएनौं, पोहोर छुट्टी पाएनौं, अहिले त आउहैं परदेशी’ भनेर यसपालीको दशैमा जसरी पनि घरमा आउन अनुरोध गरेको देख्न सकिन्छ ।
त्यस्तै गरी गाउँ घरको के माया छैनर, दशै आयो घरमा आउने हैनर धान झुल्यो बेसी, परारनी आएनौ, पोहोर छुट्टी पाएनौं अहिले त आउहै परदेशी’ भनेर जन्मथलो नेपालमा दशै मान्न बोलाइएको र श्रीमानले पनि यसपालीको दशैमा आउन नसकेपनि साउको ऋण तिर्नपाए अर्को दशैमा अवश्य घर आउने सम्मको आश्वासन दिदा जोकोही नेपाली पनि यो गीत सुन्दा अत्यन्तै भावुक बनाएको देख्न सकिन्छ ।त्यसो त कलाकार नारायण विपी परियार कतिपय स्टेज कार्यक्रममा उद्घोषकको राम्रो भूमिका निर्वाह गर्न सक्षम व्यक्ति मानिन्छन् । उनले लोकदोहोरीका थुप्रै गीतहरु बजारमा ल्याएर दर्शक स्रोता महानुभावहरुको मन जितिसकेका छन् । उनले गत वर्ष – २०७६ सालमा ‘आयो दशैं तिहार’ गीत बजारमा ल्याएका थिए भने आउँदै गरेको शुभ दिपावली तथा तिहारको उपलक्ष्यमा ‘तिहारको गीत’ बजारमा ल्याउने गायक नारायण विपी परियारले बताए ।
कमेन्ट गर्नुहोस्