लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सवारी साधनमा तोकेभन्दा दोब्बर भाडा असुली, स्वास्थ्य मापदण्ड पनि पालना भएन

IMG

सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ । अधिकांश सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ ।


अधिकांशले बढी भाडा लिएका छन् । माइक्रोबसले टिकट नै नदिएर पैसा उठाएका छन् । स्वास्थ्य प्रोटोकल कायम छैन । नेपाल यातायात व्यवसायी राष्टिय महासङ्घले तोकेको भाडाभन्दा बढी लिन नपाइने तर केहीले आफूखुसी गरिरहेको बताएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने, ‘बढी भाडा लिन पाइँदैन, कानुन सबैले मान्नुपर्छ ।कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ तर यातायात व्यवसायमा अन्योल देखिएको छ । मन्त्रिपरिषद्को निर्णयले भाडा घटायो । 

कमेन्ट गर्नुहोस्