लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेरो आलोचना विगतको असक्षमताका कारण हो - कृषिमन्त्री भुसाल

IMG

३० असोज,काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विगतको असफलता र अक्षमताका कारण आफूले गालि खानु परेको बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफू आलोचनाहरुबाट बिचलित नभई कृषिको विकासका लागि निर्विकल्प अघि बढ्ने बताए ।‘इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिरहेको छ, तर गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प छैन,’ मन्त्री भूसालले भने ।रासायनिक मल आयातको वर्तमान प्रणाली गतिलो र पारदर्शी नभएको मन्त्री भुसालको भनाइ थियो । मल वितरणका अपारदर्शी कार्यहरु बन्द गरिएको र अब पारदर्शी ढंगबाट मल वितरण गरिने उनको दाबी थियो ।


कोलकाताबाट दैनिक नेपालका लागि आउने रेल नचले अहिलेकै अवस्थामा शिवजी र ब्रम्हाजी आएपनि तुरुन्तै पाँच लाख मेटि्रकटन मल ल्याउन नसकिने उनको भनाइ थियो ।मन्त्री भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग राय सुझावका लागि ८ सयभन्दा बढीसँग भेट गरेको स्मरण गर्दै मन्त्री भुसालले अधिकांश कृषि विज्ञको सोचाइ असाध्यै प्राविधिक भएको बताए ।‘माटो विज्ञ माटोमा मात्रै केन्दि्रत भएको छ, किट विज्ञ त्यसैभित्र हराएका छन्, यसरी कृषि क्षेत्रको विकास हुनसक्दैन, कृषि क्षेत्रको विकासका लागि समग्र कृषिको नेता हुने गरी सोच्नुपर्छ,’ मन्त्री भुसालले भने ।कृृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको मन्त्री भूसालले बताए । उत्पादनमा मात्र जोड नदिई वितरणमा समेत उत्तिकै जोड दिए उत्पादन भएको खाद्यान्न समान रूपमा वितरण हुन उनको धारणा थियो ।

कमेन्ट गर्नुहोस्