लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लकडाउनपछि हमाल, सुरु गर्लान फिल्म ?

tillotmacitynews - 2020 Oct 14 11:17 AM
IMG

   नेपाली चलचित्रका केही कलाकारले चलचित्र निर्देशनमा पनि पाइला राखे । तर, चलचित्र निर्देशनमा अधिकांश कलाकार सफल हुन सकेनन् । कोही कलाकारले एक–दुइवटा चलचित्र मात्र निर्देशन गरे भने केहीले चलचित्र निर्देशनलाई निरन्तरता दिइरहेका छन् ।नायक राजेश हमाल पनि विगत केही बर्षदेखि चलचित्र निर्देशन गर्ने बताइरहेका छन् । उनले चलचित्रमा अभिनय पनि गरेका छैनन् । दर्शकमा फरक स्वादको खोजी भएपछि हमालले चलचित्र निर्देशनमा गम्भिर भएर काम त गरिरहेका छन् तर काम सुरु गर्न सकेका छैनन् । उनै, हमालले चलचित्र निर्देशन गर्ने बिषयलाई भने मिडियामा प्रस्तुत गरिरहेका हुन्छन् ।


कहिले अमेरिकामा रहेका साथीहरुको लगानीमा चलचित्र निर्देशन गर्ने कुरा त कहिले आफ्नै मामा स्वर्गिय दीपक रायमाझीको अधुरो चलचित्र निर्देशन गर्ने कुरा । हमालले चलचित्र निर्देशन गर्ने बिषय सधै चर्चामा रहन्छ ।तर, हमालले चलचित्र निर्देशन सुरु गर्न सकेका छैनन् । चलचित्रबाट आफूलाई अफर भने आइरहेको उनी बताउँछन् । के हमालले चलचित्र निर्देशन कोभिडको समस्या सकिएपछि सुरु गर्लान त ? हमालको निर्देशनको यात्रा गफ मात्र नबनोस् ।

कमेन्ट गर्नुहोस्