लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मिडिया क्लबका अध्यक्ष पौडेललाई कोरोना संक्रमण

IMG

तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार ज्वरोसहित सामान्य लक्षण देखिएकोले पीसीआर परीक्षण गर्दा बुधबार संक्रमण पुष्टी भएको र स्वास्थ्यमा कुनै समस्या नरहेको पौडेलले फेसबुक पोष्टमार्फत जानकारी गराएका छन् । आफूलाई संक्रमण भएपछि पौडेलले आफूसंग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोध गरेका छन् ।


आफूसंगै श्रीमतीको कोरोना परीक्षण गर्दा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी गराएका छन् । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण मैले छिट्टै कोरोना संक्रमणलाई जित्ने छु,कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछु’–अध्यक्ष पौडेलले बुधबार सांझ फेसबुक स्टाटसमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्