
२०७७, १३ आश्विन, एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । सोमबार रातिको खेलमा लिभरपुलले आर्सनललाई ३(१ ले पराजित गरेको हो ।एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गर्नु भयो ।
खेलको २५औं मिनेटमा एलेक्सान्डर लाकाजेटको गोलबाट आर्सनलले अग्रता लिन सफल भयो । २८औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनु भयो । ३४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाउनु भएको थियो ।
८०औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका जोटाले ८८औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाउनु भयो ।
लगातार तेस्रो जितसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्