लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झुक्कियो क्यान:महिला क्रिकेटरको नाम ग्रेडिङमा त्रुटि

IMG

८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघले सुखद पहल गर्दै पहिलोपटक महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा समेट्यो, तर यो आलोचनामुक्त बन्न सकेन ।राष्ट्रिय टिमबाट खेलिरहेका महिला क्रिकेटरहरुसमेत कन्ट्रयाक्माट छुट्दा क्यानको पहल अलिनो बनेको छ । एउटै नाम भएका खेलाडीहरुलाई लिएर क्यान झुक्किएको हास्यास्पद तथ्यसमेत फेला परेको छ ।वर्ष २०१९ मा नेपालको महिला टोलीले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । तीनवटै टी–२० फर्म्याटका थिए । यसमा नेपाली खेलाडीले विश्व कीर्तिमानसमेत बनाए । वर्षको सुरुमा थाइल्याण्ड टी–२० स्म्यास खेलेको नेपालको महिला क्रिकेट टिमले वर्षको अन्तिममा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो ।


२०२० को सुरुमै महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाकको सूची बनेको भए ती प्रतियोगिताहरु खेल्ने सबै खेलाडीहरु पर्थे होलान् । अघिल्लो वर्ष खेलेका आधारमा उनीहरु अगाडि थिए । २०१९ मै साग हुनुअघि नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक महिलाको फ्रेन्चाइज लिग क्रिकेट वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल पनि भएको थियो । एक हिसाबले सन् २०१९ मा नेपाली महिला क्रिकेट निकै चलायमान रह्यो ।नेपाल क्रिकेट संघ क्यानको २०७६ माघ २७ गते बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीको पनि सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय लिएको थियो । यसबाट महिला क्रिकेटहरु खुशी भए । मासिक रुपमा तलब पाउने भएपछि खेलाडीको उत्साह बढ्नु स्वाभाविक थियो ।


त्यसबेला सेन्ट्रल कन्ट्रयाक्टको सूची तयार पार्न क्यान कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको थियो । तर केही समयपछि नै कोरोना महामारीले खेलकुद ठप्प भयो । क्रिकेट पनि सुत्यो । मैदान बाहिरका कामहरु पनि तत्कालका लागि रोकिए ।सात महिनापछि मंगलबार महिला सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक भएको छ । चितवनमा बसेको क्यान बोर्ड बैठकले १९ खेलाडीलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राख्दा निश्चय पनि यो नेपाली महिला क्रिकेटमा नयाँ सुरुवात थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षपछि महिला क्रिकेटको पनि पुरुषको जस्तै कन्ट्रयाक्ट भयो ।


तर क्यानले सार्वजनिक गरेको महिला खेलाडीको नाम, उनीहरुको ग्रेड, अनि मासिक रकमको खबरले भने महिला खेलाडी सन्तुष्ट हुन सकेनन् । विशेषगरी ग्रेडिङ सूची र मासिक पाउने रकम न्यून हुँदा उत्साह मरेको छ ।क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान सीता मगरसहित पाँच खेलाडी ‘ए ग्रेड’मा छन् । ए ग्रेडका बाँकी खेलाडीमा पूर्वकप्तान नेरी थापा, इन्दु बर्मा र करुणा भण्डारी छन् ।


यस्तै ग्रेड बीमा ८ र ग्रेड सीमा ६ खेलाडी छन् । तर, राष्ट्रिय टिममा रहेका खेलाडी कन्ट्रयाक्टमा नपर्नु र राष्ट्रिय टिममा खेल्दै नखेलेका खेलाडी कन्ट्रयाक्टमा पर्नु आश्चर्यको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्