लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र दिवस कहिले हो याद नै भएन

IMG

असोज १ गते सोमबार चलचित्रकर्मीहरुको दिवस ‘चलचित्र दिवस’ परेको थियो । ७ वर्ष अघि देखि चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले ‘नेपाली चलचित्रको बदलिँदो चित्र, राष्ट्रियता, मौलिकता र समावेशी चरित्र’ नारा सहित चलचित्र दिवसको सुरुवात गरेका थिए । देशमा हुने अन्य दिवस झै चलचित्र दिवसलाई पनि चलचित्रकर्मीले मनाउँदै आएका थिए ।


हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाइदै आएको चलचित्र दिवस यस वर्ष भने मनाइएन । चलचित्र विकास बोर्डले त्यसमा खासै नजर पनि लगाएन । विकास बोर्ड अध्यक्ष दयाराम दाहालले सामाजिक संजालमा समेत शुभकामना दिएनन , बोर्डले समेत यसमा त्यति ध्यान दिएन । 

चलचित्र दिवसमा चलचित्रकर्मीलाई सम्मान तथा वर्ष समिक्षा गर्ने गरिन्थ्यो । चलचित्र क्षेत्रको स्तर उन्नतिको लागि विशेष अन्तरक्रिया पनि गर्ने गरिन्थियो । तर यस वर्ष लकडाउन , कोरोना महामारी भएर हो या के हो त्यसमा विकास बोर्डले कुनै चासो दिएको पाइएन ।


दिवस सुरु गर्ने तत्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारी यसरि कैयौ पटक दिवस नमनाउँदा निकै दु:खी छन् । उनी भन्छन, ‘मैले १ हजार जना कलाकर्मीलाई सडकमा र्यालीको लागि निकालेर सुरु गरेको दिवस साथीहरुले बिर्सिएछन । म यस कुराबाट निकै निराश छु ।’ चलचित्र क्षेत्रलाई केहि सहयोग होस भनेर सुरु गरेको यो दिवस विकास बोर्ड अध्यक्षले नै पहल गरेर मनाउनुपर्ने भण्डारीको तर्क छ । यो बर्ष त महामारी भयो तर यस अघिका बर्ष मा समेत खासै चासो नदेखाइएको उनको गुनासो छ। चलचित्र दिवस कहिले हो याद नै नभएर होला नव नियुक्त अध्यक्ष दयाराम दाहाल यस बिषयमा अनविज्ञ छन् ।’


यसो भन्छन् कलाकर्मी :

मनाउनु त पर्छ तर हामी चलचित्रकर्मी नै यो दिवस सम्झिदैनौं र महत्व दिदैनैं यसमा हाम्रो पनि गल्ती छ ।चलचित्र दिवस मनाउनु पर्ने त हो । तर  हाम्रो दिवस हराउँदा नराम्रो लागेको छ । यस कुरामा विकास बोर्ड अध्यक्षले आगामी दिनमा ध्यान दिनुपर्छ ।


यसो भन्छन् चलचित्र पत्रकार:

असोज १ को चलचित्र दिवस किन मनाइएन ? यसलाई दुईटा कोणवाट बुझ्न सकिन्छ । पहिलो कानुनी र दोस्रो ब्यवहारिक । बोर्डका निर्णयहरु आफैंमा निति बराबर हुन् । विकास बोर्डले चलचित्र दिवस मनाउने भनेर निर्णय गरेको छ भने त्यो नितिगत कुरा भयो । यसरी निर्णय भएका कुरा पालना नभएको हो भने त्यो नितिगत निर्णयको उलंघन नै हो । ब्यवहारिक रुपमा मात्र निर्णय भएको हो भने यस पटक विकास बोर्ड नेतृत्वले भ्याएन होला, आवस्यक ठानेन होला त्यसैले मनाएन । यो सामान्य कुरा भयो । तर क्यालेन्डरमा नै प्रकाशित भइसकेको विषयलाई हेलचेक्राईँ गर्नुको मतलव बोर्ड नेतृत्व चलचित्र क्षेत्र प्रति गम्भीर छैन भनेर पनि बुझ्न सकिन्छ । मुलुकमा धेरै दिवसहरु मज्जासँग मनाइन्छन् । हामी चलचित्र पत्रकारिता दिवस लामो समयदेखि जेठ ७ मा मनाउँदै आएका छौं । तर, सम्पूर्ण नेपालीहरुलाई आकर्षित गर्न सफल चलचित्र क्षेत्रको दिवस भने बेबारिसे हुनु आफैंमा दुखद पक्ष हो । जिज्ञासा लाग्छ, के चलचित्र क्षेत्रको नेतृत्व गरेर बसेका ब्यक्तिलाई यस यथार्थले पोल्दैन ?


नेपाली फिल्मको ब्रान्डिङका लागि चलचित्र दिवस मनाउँदा फाइदा नै हुन्थ्यो । कर्पोरेट हाउस, स्कुल कलेज, विभिन्न संघसंस्थालाई समेत सहभागी गराई साताव्यापी कार्यक्रम नै बनाएर यस बर्ष भन्दा नि अघिल्लो बर्ष हरुमा मनाउन सकिन्थ्यो । त्यसो गर्दा नेपाली फिल्मप्रति लगानीकर्ता र नयाँ प्रतिभाहरुको रुचि बढ्थ्यो । विकास बोर्डले दुई वर्षको नेसनल अवार्ड पनि छिटो प्रदान गर्दा हुन्थ्यो । चलचित्र विकास बोर्डको वार्षिकोत्सब भन्दा चलचित्र दिवसमा अवार्ड दिँदा राम्रो हुन्थ्यो ।


दिवस भनेर कर्मकाण्ड गर्ने कुरामा त मेरो समर्थन छैन । क्रियटिभ भएर मनाउने हो भने राम्रै हो । विकास बोर्डले यस दिवसलाई फिल्म क्षेत्रको प्रचार गर्ने अवसरका रुपमा लिनुपर्छ । 


मनाउनु पर्थ्यो ! कि त घोषणा गर्न हुन्न थियो, गरे पछाडि हरेक बर्ष पहल गर्ने काम बोर्डको हो । समस्त नेपाली चलचित्रकर्मीहरुको दिवस भनेर घोषणा हुँदा गरिएको र्याली तथा कार्यक्रममा अरु पनि चलचित्र संघ संस्थाका पदाधिकारी लगायत सहभागी थिए यो बर्ष त झन् पहिले बर्षमा झैँ सबैले बिर्सिए । कतै कसैले एक अर्कालाई शुभकामना दिएको पनि पाइएन । बोर्ड अध्यक्ष मात्र हैन अरु कर्मचारी तथा सदस्यहरु ले पहल गर्नु पर्थ्यो होला, गरिएन । सबैलाई हाम्रो पात्रो एप्स ले बिहानै सम्झाई त दिएकै थियो क्यार ! र पनि कसैले वास्ता नै गरेनन् । सायद नेपाली चलचित्र दिवस मनाउनु पर्छ भन्ने जरुरी कसैलाई लागेन ।


जून उद्देश्यका साथ दिवस घोषणा गरिएको थियो, त्यसको औचित्य नसकिएको हो भने चलचित्र दिवस मनाउनु पर्ने हो जस्तो लाग्छ । औचित्य सकिएको भएपनि चलचित्र विकास बोर्डले अवगत गराउनु पर्ने हो । नत्र फिल्म क्षेत्र जिवित नै छ, बोर्ड संचालन मै छ । यस्तोमा क्यालेन्डरमा सूचिकृत भईसकेको चलचित्र दिवस नमनाउनु वा सम्बन्धित निकायले नै बिर्सिदिनु बिडम्बना हो । 

कमेन्ट गर्नुहोस्