लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि, १०६२ निको भएर फर्किए

tillotmacitynews - 2020 Sep 15 08:34 PM
IMG

नेपालमा पछिल्लो २४ घण्टायता १४५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६७८८ पुगेको छ। स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत दिएको जानकारी अनुसार १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ४०६३८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १५७७९ छ।


त्यसमध्ये ८१३९ जना संस्थागत आइसोलेसनमा र ७६४० जना होम आइसोलेसनमा रहेका छन्।  त्यसैगरी क्वारेन्टिनमा ७२५० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०३७५ वटा पीसीआर नमूना परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्