लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका ३१ सहित रुपन्देहीमा थप ५० जनामा कोरोना संक्रमण

IMG

बुटवल,१८ भदौ ।बुटवलका ३१ सहित बिहीबार रुपन्देहीमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा बुटवलका ३१ सहित बिहीबार रुपन्देहीमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार पुष्टि भएकाहरुमा २१ महिला र २९ जना पुरुष रहेका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ३१ जना, सिद्धार्थ नगर नगरपालिका र ओमसतिया गाँउ पालिकामा ४÷४ जना, देवदह नगरपालिका र गैडहवा गाँउपालिकाका २÷२ जना तथा तिलोत्तमा नगरपालिका र रोहीणी गाँउपालिकामा १÷१ जना गरी ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।रुपन्देहीमा हालसम्म १ हजार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।जिल्लामा अहिले पनि ६२६ जनाले बिभिन्न आइसोलेसनमा उपचार गराईरहेका छन् भने ४ सय ९७ जना उपचारपछि निको भएर घर फर्कीएका छन् ।

कमेन्ट गर्नुहोस्