
बुटवल,१८ भदौ । प्रदेश ५ मा १ सय ८९ स्वास्थ्यकर्मी र २ सय ५८ सूरक्षाकर्मी सहित ५ सय ६२ जना राष्ट्रसेवक कर्मचारी कोरोना भाइरस संक्रमित भएका छन् ।
बिहीबारसम्म प्रदेश ५ का बिभिन्न जिल्लामा १ सय ८९ स्वास्थ्यकर्मी, २ सय ५८ सूरक्षाकर्मी र १ सय १५ जना अन्य कर्मचारी गरी ५ सय ६२ जना राष्ट्रसेवक कर्मचारी कोरोना भाइरस संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सामाजिक विकास मन्त्रालयको कोरोना भाइरस सम्बन्धी नियमीत प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।यसैबीच प्रदेश ५ मा बिहीबार दिउँसो ४.३० बजे सम्म थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार राती ८.३० बजेदेखि दिउँसो ४.३० बजे सम्म प्रदेश ५ को सबैभन्दा धेरै बाँके जिल्लाका ३९ जना,रुपन्देही जिल्लाका २७ जना,बर्दीया जिल्लाका ९ जना,प्युठान जिल्लाका ३ जना तथा नवलपरासी र कपिलबस्तु जिल्लाका २÷२ जना गरी ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पौडेलले बताए ।प्रदेश ५ मा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ७ सय ३१ पुगेको छ भने त्यसमध्ये ५ हजार १ सय ९० जना उपचारपछि निको भएर घर फर्कीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै प्रदेश ५ का बिभिन्न अस्पताल तथा आइसोलेशन केन्द्रहरुबाट थप १ सय २८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।प्रदेश ५ मा हाल १ हजार ४ सय २४ जना कोरोना भाइरस संक्रमित आइसोलेसनमा रहेका छन भने ३५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्