लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल एयरलाइन्सले तोक्यो नियमित उडानको भाडा (सूचीसहित)

IMG

१७ भदौ, काठमाडौं ।  नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन् ।निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिएको हुन्छ । त्यसअनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ ।पर्यटन मन्त्रालयले अब नियमित उडान हुने सक्टरबाट आउने विदेशी एयरलाइन्सले पनि निगमले तोकेकै भाडादरमा नेपाल आउनुपर्ने निर्णय गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन दिएको छ ।

क्लास मलेसिया-काठमाडौं दुबई-काठमाडौं हङकङ-काठमाडौं

नारिता-काठमाडौं

वाइ MYR 2003 AED 2120 HKD 4198 JPY 76300

एम MYR 1803 AED 1820  

एन MYR 1628 AED 1720  

MYR 1458 AED 1440  

तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले जनाएको छ । निर्धारित भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरिद नगर्न पनि निगमले आग्रह गरेको छ ।उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ ।

कमेन्ट गर्नुहोस्