लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कथा व्यास पण्डित पुरूषोत्तम बस्यालको पहिलो भजन सार्वजनिक

IMG

चक्रपाणी डुम्रे , बुटवल 

प्रसिद्ध कथा व्यास पुरूषोत्तम बस्यालको पहिलो भजन सार्वजनिक भएको छ । "राधा कृष्ण " नामक भजन शुक्रबार युटुव मार्फत सार्वजनिक गरिएको हो । जसमा शव्द,संगीत तथा स्वर पुरूसोत्तम बस्यालको नै रहेको छ भने छायांकन,निर्देशन र सम्पादन मनिष पन्थले गर्नुभएको छ । सो भजन श्रीनगर फिल्मस प्रोडक्सन प्रा. लि  को प्रस्तुतिमा बजारमा ल्याइएको बस्यालले जानकारी दिनुभयो ।

जसमा सबिन बराल , सपना गौडेल , स्वाभाव पन्थ, कुलचन्द्र पुरी,मन्जु,लक्ष्मी,किरण,बिन्दु,सुस्मिता,वर्षा,अनु लगायतको अभिनय रहेको छ । भक्तिपरक सो भजनमा भगवान श्रीकृष्णका लीलालाई गज्जबसंग समेटिएको छ । लकडाउन  अवधिमै बुटवल वरिपरी छायांकन गरिएको सो भिडियोलाइ छोटो समयमै दर्शकले मनपराएको निर्देशक मनिष पन्थले बताए 



कमेन्ट गर्नुहोस्