लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम ।

tillotmacitynews - 2020 Jun 09 07:42 PM
IMG

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने  सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ ।


स्थानीयका अनुसार  सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।


आरोपित  ब्यक्तिको मानसिक स्बास्थ्य अबस्था ठिक नभएको अबस्थामा समाजमा कहिलेकाहीँ  यस्ता अकल्पनीय र दुखद घटनाहरु दुखद घटना हुन पुग्छन ।


बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।


नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।


विशेष गरि जाँड रक्सि तथा लागूको दुरब्यसनी , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ।


उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।


मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।


परिवारले ध्यान दिनुपर्ने कुराः


१. कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान हुदैन । यस्तो अबस्थामा घर परिवारका सदस्यले फकाई फुलाई अस्पताल लैजानुपर्छ ।


२. उनीहरुसँग विवाद गर्ने , झर्को फर्को गर्ने गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।


३. बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।


४. उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नुहुँदैन् ।


५. मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।


६. विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।


७. आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।


८. मानसिक रोगले जाँड , रक्सी , लागु प्रदार्थको सेबन गरेमा दुर्घटनाको जोखिम अझ बढने हुँदा बिशेष सतर्कता अपनाउनु पर्छ। 




(लेखक मनोविद हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन ।)

कमेन्ट गर्नुहोस्