लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

tillotmacitynews - 2020 Jun 10 03:29 AM
IMG

काठमाडौं, जेठ २७ । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।


मन्त्रालयकाअनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५, सल्यान १२, नवलपरासी १२, सिराहामा १२, बाग्लुङमा ११, कपिलवस्तु १०, दार्चुला १०, बाँके ९, डडेलधुरा ७, सप्तरीमा ७, दाङ ६, सुर्खेत ४, मोरङ ३, जुम्ला २ र नुवाकोट २, इलाम १, सुनसरी १, धादिङ १, म्याग्दी १ र कैलाली १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।


मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिँदै मन्त्रालयले कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको बताएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामा २९२ जना पुरुष र ३१ जना महिला छन् । कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५ सय ८४ जना निको भएर फर्किएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्