लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

tillotmacitynews - 2020 Jun 07 11:49 PM
IMG

जेठ २५, २०७७ काठमाडौं : 

आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन् ।


यससँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । देवकोटाका अनुसार पछिल्लो पटक १०२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४६७ पुगेको छ ।


हालसम्म देशभरका ७१ जिल्लामा कोरोना फैलिएको छ । क्‍वारेन्टाइनमा पनि एक लाख भन्दा धेरै मानिसहरु रहेका छन् ।


हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ । 

कमेन्ट गर्नुहोस्