लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रा.डा. ललित कुमार दासले कोरोनाविरुद्ध निर्माण गरिएको भनिएको खोपमा डब्ल्यूएचओले दियो चासो

tillotmacitynews - 2020 Jun 06 04:18 AM
IMG

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ।


अध्ययन संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरिएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्यूएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्यूएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्राडा दासले जानकारी दिए।


यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएको थियो। अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्यूएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ। करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए।


“सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्यूएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भने। उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ। प्राडा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधी) निर्माण गरेको दाबी गरेका छन् ।











Source: nepalraibar

कमेन्ट गर्नुहोस्