लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्बको बजेट, कुन क्षेत्रमा कति बजेट (बजेटको पूर्ण पाठ)

tillotmacitynews - 2020 May 29 05:06 AM
IMG

काठमाडौं । आगामी वर्षमा लिएका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा ८ खर्ब ८९ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ।यसमध्ये ९ खर्ब ४८ रुपैयाँ चालु खर्च, ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत र वित्तीय व्यवस्थापनमा १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


गत वर्षको भन्दा सरकारले बजेटको आकार घटाएको छ ।खासगरी विभिन्न विषयगत क्षेत्रमा बजेट विनियोजन गरेको छ । स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, शिक्षा, खानेपानी, ऊर्जा सामाजिक शुरक्षा लगायतका क्षेत्रमा सरकारले प्राथमिकताका साथ बजेटमा प्रस्तुत गरेको हो । 


यस्ता छन बजेटका प्राथमिकता


स्वास्थ्य क्षेत्रलाई गत वर्षभन्दा २१ अर्ब ९१ करोड बजेट बढी ।

कोरोनाका लागि छुट्याएको ६ अर्ब बजेट पूर्वाधारदेखि प्रोत्साहन भत्तासम्ममा खर्च गरिने ।


तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट

सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना ।

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बिनियोजन

३ सय शय्याको सरुवारोग अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल

सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा

तीन वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब बिनियोजन ।


आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।

केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।

प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।


काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड


सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड ।


शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने ।

कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो ।

रेलमार्ग बनाउन सरकारले छुट्यायो ८ अर्ब ६६ करोड ।

टोखा सुरुङमार्ग बन्ने, सुरुङ मार्गहरूले पाए ६ अर्ब ४२ करोड ।


श्रम स्वीकृती नलिई बिदेसी नागरिकलाई काममा लगाउन नपाउने ।

चार अन्तर्राष्ट्रिय विमानस्थललाई १९ अर्ब ४२ करोड ।

नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने ।

आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने ।

कोरोनाविरुद्ध खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती ।

मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट ।

पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो ।

सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने ।

हुलाकी सडकलाई ७ अर्ब १ करोड विनियोजन ।

बिमा प्रिमियममा ५० प्रतिशतसम्म अनुदान दिइने ।

विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो ।

नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा ।


बजेटको पूर्ण पाठ



कमेन्ट गर्नुहोस्