लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

tillotmacitynews - 2020 May 23 12:26 AM
IMG

काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ।


संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्।


त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।


त्यस्तै मोरङ रतुवामाईका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।


त्यस्तै आज डढेल्धुरा र बैतडीमा नयाँ संक्रमण पुष्टि भएको छ। डडेल्धुराका २८ वर्षका पुरुष र बैतडीका २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिने जिल्ला ४० पुगेका छन्।


चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को चेकजाँच गरेकोमा आरडिटीबाट ५६० जना र पीसीआरबाट १०६ जनालाई परीक्षण गरिएको छ । आरडिटी परीक्षणबाट ६५ जनामा पोजेटिभ देखिएको छ भने पीसीआरबाट अहिले सम्म कुनै नतिजा आएको छैन।


योसँगै संक्रमितको संख्या पाँच सय सात पुगेको छ।

कमेन्ट गर्नुहोस्