
काठमाडौं, जेठ ८– नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरि अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्