लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

tillotmacitynews - 2020 May 18 07:16 PM
IMG

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको सबैको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलका अनुसार परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको हो।


जेठ १ गते झण्डै ६ सय १ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएको थियो। काठमाडौँ महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरीया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गरेको थियो।


आइतबार साँझ पीसीआर टेस्टको सबै नतिजा नेगेटिभ आएको हो। परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्