लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना जितेर घर फर्किनेको संख्या १६ पुग्यो

tillotmacitynews - 2020 Apr 27 12:17 AM
IMG

काठमाडौं । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् ।



उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



यस्तै सोही अस्पतालमा उपचाररत थप तीन जनापनि डिस्चार्ज भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।



उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । 


हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए । 


आज वीरगन्जकै २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्