लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले खुबै घोच्छ’–केकी लेख्छिन्

tillotmacitynews - 2020 Apr 24 02:11 AM
IMG

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाल पूरै लक डाउनमा रहेकाले पनि धेरै छोराछोरीले आमाको मुख सहज रुपमा हेर्न पाएनन् । कतिपयले आमासँग फोनमै कुरा गरे भने सम्भव भएकाले आमालाई भेटेरै मुख हेरे ।


नेपाली चलचित्रका कलाकारहरूले सामाजिक सञ्जालबाट आफनो आमालाई माया व्यक्त गरेका छन् । नायिका केकी अधिकारीले आमालाई पत्र लेख्दै भनेकी छिन्–‘म आमा हुँ अनि आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले मलाई निकै नै घोच्छ । आमाको सपना अनि संसार हामी नै भयौं ताकि हामीले हाम्रो सपना अनि सुन्दर संसार बनाउन सकुँ ।’


केकीले आमाको आँखामा आँशु कहिले देख्न नपरोस् भन्दै सधै‌ं खुसी राख्ने वाचा पनि गरेकी छिन् । उनले आफ्नो, भाइको र बुबाको जीन्दगी सहज बनाइदिएको भन्दै आमालाई धन्यवाद पनि दिएकी छिन्।


आमाले बिहेपछि कुनै परिवारका लागि जीवन नै समर्पण गर्ने गरेको भन्दै केकीले यसलाई आफूहरूले निकै सहज रुपमा लिएपनि त्यो सहज नहुने बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्