लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व चर्चित कलाकारहरुले घरबाटै कन्सर्ट गर्दै

tillotmacitynews - 2020 Apr 24 01:54 AM
IMG

एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अग्रपंतीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा कामदारहरुको सहयोगार्थ विश्वका चर्चित कलाकारहरुले टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारणमा विशेष कन्सर्ट गर्ने भएका छन् ।


‘द वन वर्ल्ड स् टुगेदर एट होम’ नाम दिइएको विशेष कन्सर्टमा रोलिंग स्टोन्स र बिली इलिशसहित १ सय बढी कलाकारले आफ्नै घरबाट प्रत्यक्ष प्रस्तुती दिने छन् ।


आठ घण्टा लामो कार्यक्रम ग्लोबल सिटिजन मोभमेन्ट र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्वारा सञ्चालन हुनेछ ।

यसमा अमेरिकन सुपरस्टार लेडी गागाको पनि सहकार्य रहने छ ।


‘हामी अहिले अलग हुन सक्छौँ तर, सँगै साथमा रहनु धेरै महत्वपूर्ण छैन ।’ ग्लोबल सिटिजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


उक्त कार्यक्रम विश्वभरका दर्शकले दुई भागमा हेर्न पाउने छन् । आइतबार उक्त कार्यक्रम प्रशारण हुने बीबीसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्