लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२३ लाख मूल्यका आइफोन रूपन्देहीमा बरामद

IMG

बुटवल, असार १४ गते ।भारतबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनहरू बरामद गरेको छ ।


इलाका प्रहरी कार्यालय बेलहिया रूपन्देहीबाट खटिएको प्रहरी टोलीले गए राती चेकजाँचका क्रममा उक्त मोबाइल र ढुवानीमा प्रयोग गरिएको स्कुटर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार शनिबार राती रूपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित सानो बालापुरमा उक्त आइफोन बरामदी भएको हो ।


भारततर्फबाट आउँदै गरेको लु ५३ प ३३९८ नम्बरको स्कुटरलाई शङ्का लागि चेकजाँच गर्दा अवैधरूपमा भन्सार छलेर ल्याइएका महँगा मोबाइल फोनहरू फेला परेको प्रहरीको भनाइ छ ।


बरामद गरिएका मोबाइलको अनुमानित बजार मूल्य २३ लाख ९० हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएका सामानमा दुई थान आइफोन १७, २५ थान आइफोन १३, दुई थान फोर्टिन प्रो र १३ थान आइफोन ११ रहेका छन् । प्रहरीले बरामद गरेका ती अवैध मोबाइल फोन र स्कुटरलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्