
तिलोत्तमा। डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि थियो । कप्तान लियोनल मेस्सीको पहिलो हाफ पछि सेकेन्ड हाफमा भएको थप १ गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध २-० गोलको जित सुनिश्चित गरेको हो।
डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोल मात्रै गरेको थियो भने अर्जेन्टिनाका कप्तान मेस्सीले पहिलो गोल ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।आजको खेलमा भएको गोलसँगै उनले विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक (१८) गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् ।यसअघि मेस्सीले आठौं मिनेटमा पाएको पेनाल्टी मिस गरेको थिए ।
कमेन्ट गर्नुहोस्