लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतिया गाउँपालिकाको ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट प्रक्षेपण

IMG

रुपन्देही, असार २२ – ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष सुनिता चौधरी ले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, महिला तथा युवा सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताइन्।


बजेटमा संघीय सरकार, प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वलाई समेटिएको छ। गाउँपालिकाले समृद्ध, सुशासित र आत्मनिर्भर स्थानीय तह निर्माण गर्ने लक्ष्यसहित विकासमुखी तथा जनमुखी कार्यक्रमहरू अघि सारेको जनाएको छ।


गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव सोनु ले प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्दै कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, सडक तथा पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा विशेष जोड दिइएको बताए।


सो अवसरमा बोल्दै अध्यक्ष मन्जित कुमार यादवले “यो बजेट गाउँपालिकाका नागरिकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर तयार गरिएको जानकारी दिनुभयो।उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै दिगो विकास तथा आर्थिक समृद्धिको आधार निर्माण गर्ने हाम्रो लक्ष्य रहेको समेत बताउनुभयो। 


सो बजेट प्रस्तुत गर्दै उपाध्यक्ष सुनिता चौधरी ले गाउँपालिकाको विकास यात्रालाई थप सशक्त बनाउन सामाजिक तथा आर्थिक क्षेत्रका कार्यक्रमहरू समेटिएको बताउनुभयो।उपाध्यक्ष चौधरीका अनुसार “उत्पादन, रोजगार र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले बजेट निर्माण गरिएको र महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई लक्षित कार्यक्रमहरू बजेटमा समेटिएकोले विकास निर्माणसँगै सामाजिक न्याय र समावेशी विकासलाई पनि प्राथमिकता दिइएको जानकारी दिनुभयो।  


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी ले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे। अधिकृत पन्थीले प्रस्तावित बजेटलाई योजनाबद्ध र पारदर्शी ढंगले कार्यान्वयन गरी विकास निर्माणका कार्यक्रमहरू समयमै सम्पन्न हुने गरी प्रशासनिक संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो। 


गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझाव समेट्दै आगामी आर्थिक वर्षका कार्यक्रमहरू कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।  

कमेन्ट गर्नुहोस्