लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ तालिका फिफा वर्ल्ड कप फुटबलको , पहिलो खेल आज राती १२:४५ मा

IMG

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ ।


एक खेल बराबरीमा सकिएको थियो । विश्वकप इतिहासमा यी दुई टोली एकपटक मात्र आमनेसामने भएका थिए। सन् २०१० को विश्वकपको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । विश्व वरीयताका आधारमा मेक्सिको बलियो अवस्थामा छ । मेक्सिको हाल विश्व वरीयताको १५औँ स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ६०औँ स्थानमा छ ।


मेक्सिकोले कप्तान एडसन अल्भारेज र अनुभवी अग्रपंक्तिका खेलाडी राउल हिमेनेजबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यता दक्षिण अफ्रिकाले कप्तान रोनवेन विलियम्ससँगै लाइल फोस्टर र ओसविन अपोलिसको जोडीबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।


सम्भावित सुरुआती टोली:


मेक्सिकोको सम्भावित सुरुआती टोली :


राउल रान्गेल; हेसुस गालार्दो, जोहान भास्केज, सेसर मोन्टेस, इस्राएल रेयेस; ब्रायन गुटिएरेज, एरिक लिरा, अल्भारो फिदाल्गो; जुलियन किन्योनेस, रोबर्टो अल्भारादो र राउल हिमेनेज ।


दक्षिण अफ्रिकाको सम्भावित सुरुआती टोली: 


रोनवेन विलियम्स; खुलिसो मुदाउ, इमे ओकोन, म्बेकेजेली म्बोकाजी, औब्रे मोडिबा; तेबोहो मोकोएना, स्फेफेलो सिथोले, थालेंटे म्बाथा; त्सेपाङ मोरेमी, लाइल फोस्टर र ओस्विन अपोलिस । 


नेपाली समय अनुसार यस्तो छ तालिका

समूह A

जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे

जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — विहान ७:४५ बजे

असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे

असार ५: मेक्सिको VS दक्षिण कोरिया — विहान ६:४५ बजे

असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे

असार ११: चेक रिपब्लिक VS मेक्सिको — विहान ६:४५ बजे

समूह B

जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे

जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे

असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे

असार ५: क्यानाडा VS कतार — विहान ३:४५ बजे

असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे

असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे

समूह C

जेठ ३१: ब्राजिल VS मोरक्को — विहान ३:४५ बजे

जेठ ३१: हाइटी VS स्कटल्याण्ड — विहान ६:४५ बजे

असार ६: स्कटल्याण्ड VS मोरक्को — विहान ३:४५ बजे

असार ६: ब्राजिल VS हाइटी — विहान ६:१५ बजे

असार ११: मोरक्को VS हाइटी — विहान ३:४५ बजे

असार ११: स्कटल्याण्ड VS ब्राजिल — विहान ३:४५ बजे

समूह D

जेठ ३०: अमेरिका VS पराग्वे — विहान६:४५ बजे

जेठ ३१: अष्ट्रेलिया VS टर्किए — विहान ९:४५ बजे

असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे

असार ६: टर्किए VS पराग्वे — विहान ८:४५ बजे

असार १२: टर्किए VS अमेरिका — विहान ७:४५ बजे

असार १२: पराग्वे VS अष्ट्रेलिया — विहान ७:४५ बजे

समूह E

जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे

असार १: आइभोरी कोस्ट VS इक्वेडर — विहान ४:४५ बजे

असार ७: जर्मनी VS आइभोरी कोस्ट — विहान १:४५ बजे

असार ७: इक्वेडर VS कुराकाओ — विहान ५:४५ बजे

असार १२: कुराकाओ VS आइभोरी कोस्ट — विहान १:४५ बजे

असार १२: इक्वेडर VS जर्मनी — विहान १:४५ बजे

समूह F

असार १: नेदरल्याण्ड्स VS जापान — विहान १:४५ बजे

असार १: स्वीडेन VS ट्युनिसिया — विहान ७:४५ बजे

असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे

असार ७: ट्युनिसिया VS जापान — विहान ९:४५ बजे

असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — विहान ४:४५ बजे

असार १२: जापान VS स्वीडेन — विहान ४:४५ बजे

समूह G

असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे

असार २: इरान VS न्युजिल्याण्ड — विहान ६:४५ बजे

असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे

असार ८: न्युजिल्याण्ड VS इजिप्ट — विहान ६:४५ बजे

असार १३: न्युजिल्याण्ड VS बेल्जियम — विहान ८:४५ बजे

असार १३: इजिप्ट VS इरान — विहान ८:४५ बजे

समूह H

असार १: स्पेन VS केप भर्डे — राति ९:४५ बजे

असार २: साउदी अरेबिया VS उरुग्वे — विहान ३:४५ बजे

असार ७: स्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे

असार ८: उरुग्वे VS केप भर्डे — विहान ३:४५ बजे

असार १३: केप भर्डे VS साउदी अरेबिया — विहान ५:४५ बजे

असार १३: उरुग्वे VS स्पेन — विहान ५:४५ बजे

समूह I

असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे

असार ३: इराक VS नर्वे — विहान ३:४५ बजे

असार ९: फ्रान्स VS इराक — विहान २:४५ बजे

असार ९: नर्वे VS सेनेगल — विहान ५:४५ बजे

असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे

असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे

समूह J

असार ३: अर्जेन्टिना VS अल्जेरिया — विहान ६:४५ बजे

असार ३: अस्ट्रिया VS जोर्डन — विहान ९:४५ बजे

असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे

असार ९: जोर्डन VS अल्जेरिया — विहान ८:४५ बजे

असार १४: अल्जेरिया VS अस्ट्रिया — विहान ७:४५ बजे

असार १४: जोर्डन VS अर्जेन्टिना — विहान७:४५ बजे

समूह K

असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे

असार ४: उज्बेकिस्तान VS कोलम्बिया — विहान ७:४५ बजे

असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे

असार १०: कोलम्बिया VS डीआर कंगो — विहान७:४५ बजे

असार १४: कोलम्बिया VS पोर्चुगल — विहान ५:१५ बजे

असार १४: डीआर कंगो VS उज्बेकिस्तान — विहान ५:१५ बजे

समूह L

असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — विहान १:४५ बजे

असार ४: घाना VS पानामा — विहान ४:४५ बजे

असार १०: इङ्गल्याण्ड VS घाना — विहान १:४५ बजे

असार १०: पानामा VS क्रोएसिया — विहान ५:४५ बजे

असार १४: पानामा VS इङ्गल्याण्ड —विहान २:४५ बजे

असार १४: क्रोएसिया VS घाना — विहान २:४५ बजे

🏆 नकआउट चरण (Knockout Stage)

राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म

राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म

क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म

सेमिफाइनल: असार ३१ र असार ३२ मा

तेस्रो स्थानको खेल: साउन ३ गते

फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे 



कमेन्ट गर्नुहोस्