लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

IMG

काठमाडौँ, जेठ १९ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ ।


श्रीलङ्कामा सोमबार राति भएको खेलाडी ड्राफमा जाफ्ना किङ्ग्सले सन्दीप र दीपेन्द्रलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट अनुबन्ध गरेको हो । यस्तै कुशललाई कोलम्बो काप्सले अनुबन्ध गरेको छ । सन्दीपले २० हजार अमेरिकी डलर तथा दीपेन्द्र र कुशलले १५/१५ हजार अमेरिकी डलर पाउनुहुने छ । 

कमेन्ट गर्नुहोस्