लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएलमा कोलकाताले मुम्बईलाई हरायो

IMG

काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । 


इडेन गार्डेन्समा हिजो मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । 


कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।

कमेन्ट गर्नुहोस्