लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मालपोत र नापी सेवा पालिकासम्म विस्तार हुने

IMG

काठमाण्डाै – सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयाे ।


राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम हुनेगरी असुरक्षित ठाउँमा बसोवास गर्ने भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोवासको व्यवस्था गरिने पनि बताउनुभयो ।

कमेन्ट गर्नुहोस्