लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल ‘ए’ काे लगातार दाेस्राे जीत, अमेरिका ३ विकेटले पराजित

IMG

काठमाण्डाै – एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ ।


अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए ।


यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १०८ बलमा ११६ रन जोडेर आउट भए । नेपाल ‘ए’ का पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले १/१ विकेट लिए ।


एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।


आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २/२ वटा अभ्यास खेल खेल्नेछ । नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।


यही वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।

कमेन्ट गर्नुहोस्