लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्री दीप आमा समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न

IMG

दिपनगर। श्री दीप आमा समूहको १३औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा समूहकी अध्यक्ष शर्मिला घिमिरे (कमला)को अध्यक्षता सम्पन्न भएको थियो।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको सो कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष कल्पना अर्यालले आमा समूहले सामाजिक एकता र महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। “हाम्रो समूहले समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर काम गर्दै आएको छ,” उहाँले भन्नुभयो।


प्रमुख अतिथि उपप्रमुख चौधरीले आमा समूहहरूले स्थानीय विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता संस्थाहरूलाई नगरपालिकाले सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “महिलाहरूको सक्रियता बिना दिगो विकास सम्भव छैन,” उहाँले उल्लेख गर्नुभयो।विशिष्ट अतिथि वडा अध्यक्ष पौडेलले पनि आमा समूहको योगदानको सराहना गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सुझाव दिनुभयो।कार्यक्रम समितिकी सह–सचिव मीरा केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।


कमेन्ट गर्नुहोस्