
ओमसतिया, कटैया। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमासतिया-१ रुपन्देहीले ६९ औ सहकारी दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष टंक प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न सो रक्तदान कार्यक्रममा करिव ३० जनाले रक्तदान गरेका छन्।
सो अवसरमा बोल्दै अध्यक्ष भुसालले संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत रक्तदा कार्यक्रम गरिएको र सबै रक्तदाता एबम सहयोग गर्नेसबैमा हार्दिक धन्यबाद ज्ञापन गरेका छन्। कार्यक्रमको सह आयोजकका रुपमा जेसी आई तिनाउ समेत रहेको थियो। संस्थाको प्राङ्गणमा सम्पन्न सो रक्तदानमा रेडक्रस सोसाइटी भैरहवाले प्राबिधिक सहयोग गरेको थियो। रक्तदान कार्यक्रमको संचालन उपाध्यक्ष श्याम बस्यालले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्