लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाभैरव भजन तिलोत्तमाको भलवारीमा भव्य भजन साँझ

IMG

भलवारी। तिलोत्तमा क्षेत्रमा धार्मिक तथा सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले महाभैरव भजन कार्यक्रम अन्तर्गत भलवारीको दल्कामा भव्य भजन साँझ सम्पन्न भएको छ।कार्यक्रमबारे जानकारी दिँदै पुजन केसीले महाभैरव भजन तिलोत्तमाको आयोजनामा साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन भएको भजन कार्यक्रममा स्थानीय भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको बताउनुभयो।


उहाँका अनुसार, यस्ता धार्मिक कार्यक्रमलाई निरन्तरता दिँदै तिलोत्तमाका प्रतिष्ठित मन्दिरहरूमा क्रमशः भजन कार्यक्रम आयोजना गरिने योजना रहेको छ।यस प्रकारका कार्यक्रमहरूले समाजमा धार्मिक एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्