लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस सेन्टरका ७ पत्रकारले दिए सामूहिक राजीनामा,पत्रकार स्वतन्त्र हुनुपर्ने जिकिर

IMG

रुपन्देही । प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन् ।प्रेस सेन्टरको साधारण सदस्य समेत नरहने गरी ७ पत्रकारहरुले सोमबार केन्द्रीय अध्यक्ष समक्ष राजीनामा पेश गरिएको घिमिरेले जानकारी दिएका छन् ।


अबदेखि आफूहरु स्वतन्त्र रुपमा काम गर्ने र पत्रकारहरु स्वतन्त्र भएर जनताको आवाज उठाउनुपर्ने उनले बताए ।बिगतमा पार्टी पत्रकारिताले सिन्डिकेट गरिरहेको अवस्थामा आफुहरु पत्रकारको एक समुहमा समाहित भै त्यतिबेला देखि नै निश्पक्षा पत्रकारितागरेको तर अहिले आएर त्यस्ता संगठनले पार्टी भित्र रही सहि गलत छुट्याउन नसकी उल्टै गुणगान गाएको बास्तबिकतालाई अन्त्य गर्न आफुहरु स्वतन्त्र रुपले अगाडी बढ्न चाहेको उनीहरुले बताएका छन्। पत्रकार घिमिरेले लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमीक शेरचनको प्रेस सल्लाहकारको रुपमा पनि काम गरेका थिए ।



उनीसँगै राजीनामा दिनेमा प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष भुवन कार्की, रुपन्देहीको पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न्यौपाने, सहसचिव कल्पना घिमिरे, जिल्ला सदस्यद्वय प्रकाश पाण्डे र नेत्र रुचाल रहेका छन्।उनीहरुले सार्वजनिक गरेको हस्ताक्षरित राजिनामा विज्ञप्तीमा अब स्वतन्त्र रहने जनाइएको छ।

कमेन्ट गर्नुहोस्