
बुटवल- राजनितिक एवम सामजिक विषयमा आधारित यो फिल्ममा द्हयाङ राइ , सौगात मल्ल, विजय बराल, उपासना सिह ठकुरी लगायत कलाकारहरुको भूमिका रहेको छ। फिल्ममा कसरी नेताहरु विजयि भएपछि आफ्नो ठाउँको समस्यालाइ बिर्सन्छन र स्वार्थि बन्छन भन्ने कुरा झल्काएको देख्न सकिन्छ। राजाकालिन समयमा नारीहरुलाइ अगाडि बढन नदिएको एवम चाहेमा हरेक कुराको समाधान मिल्ने तात्पर्य फिल्मले दिन खोजेको छ। भुकम्प पिडितको राहतको विषयलाइ केन्द्रविन्दुमा राखेको यस फिल्मले करिब करिब १.१ करोड रुपैयाँ कमाएको थियो।
दयाहाङ राई र सौगात मल्लको अभिनय सधैंझैं मजबुत देखिन्छ ,उपासना सिंह ठकुरीले भावनात्मक भूमिकामा राम्रो काम गरेकी छन् ,विजय बराल र बुद्धि तामाङले कमेडी पक्षलाई सशक्त बनाएका छन्।छायांकन गाउँको परिवेश राम्रोसँग कैद गरिएको छ।संगीतहरु सामान्य तर कथासँग मेल खाने छन। फिल्मा निर्देशक सिमोस सुनुवार हुन र निर्देशनको पाटो हेर्दा सन्देश राम्रो भए पनि गति कमजोर देखिन्छ। हात्तीछाप एउटा सन्देशमूलक सामाजिक फिल्म हो, जसले राम्रो विषय उठाए पनि प्रस्तुतीकरणमा केही कमजोरी देखिन्छ। हलमा मध्यम कमाई गरेको यो फिल्म अहिले युट्युबमा आएपछि “once watchable” फिल्मका रूपमा लिन सकिन्छ।
कमेन्ट गर्नुहोस्