लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

IMG

पाल्पा । ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले माथागढी गाउँपालिका–७ का १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै दिएको उजुरीका आधारमा ठाडालाई पक्राउ गरिएको हो ।


जाहेरीसँगै गरिएको स्वास्थ्य परीक्षणमा करणी पुष्टि हुने रिपोर्ट आएको प्रहरीले जनाएको छ ।पक्राउ परेका ठाडालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्