लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इलेक्ट्रिक ओरिजिन एसयूभी BE 6 र XEV 9e औपचारिक रूपमा सार्वजनिक

IMG

शारदा शाही // मङलापुर, तिलोतामा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–९ मङ्गलापुरस्थित अग्नि आस्था शोरुममा महिन्द्रा अटो मोबाइल्सका अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी BE 6 र XEV 9e औपचारिक रूपमा सार्वजनिक गरिएको छ। हेटौंडा, वीरगञ्ज र चितवनमा नयाँ BEV मोडेल सफलतापूर्वक सार्वजनिक गरिसकेपछि अग्नि समूहको सहायक कम्पनी तथा नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि आस्था प्रालिले रुपन्देहीमा पनि यी मोडेलहरू सार्वजनिक गरेको branch manager प्रज्जवल अर्याल बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा चेम्बर्स अफ कमर्सका अध्यक्ष ज्ञानेन्द्र कार्कीले विद्युतीय सवारी साधनले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले पेट्रोलियम इन्धनमा आधारित सवारीका कारण बढ्दो प्रदूषणलाई न्यूनीकरण गर्न विद्युतीय गाडी प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता सवारीको प्रयोगले स्वच्छ, सफा र दिगो वातावरण निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा कम्पनीका प्रोडक्ट म्यानेजर सगर भट्टराईले BE 6 र XEV 9e मा रहेका अत्याधुनिक फिचरहरूको विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार यी गाडीहरूमा उच्च क्षमताको ब्याट्री, छिटो चार्ज हुने प्रविधि, स्मार्ट कनेक्टिभिटी सिस्टम, आधुनिक सेफ्टी फिचर तथा आरामदायी र प्रिमियम इन्टेरियर रहेको छ। साथै यी मोडेलहरू लामो रेन्ज, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनका कारण नेपाली बजारमा लोकप्रिय हुने विश्वास लिइएको उहाँले बताउनुभयो।


कार्यक्रममा विभिन्न व्यवसायी, सम्भावित ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले महिन्द्राका नयाँ विद्युतीय गाडीहरू नेपाली सडक र वातावरणका लागि उपयुक्त भएको प्रतिक्रिया दिएका थिए। senior sales  executive देवर्षि पाण्डेले बतावरण मैत्री हुदा पनि यस्ता खालका गाडीहरू अहिले धेरै माग भएको बताउनुभयो अग्नि आस्था प्रालिले विद्युतीय सवारी साधनको प्रवर्द्धनमार्फत नेपालमा हरित यातायात प्रणालीलाई अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता विद्युतीय सवारीको पहुँच विस्तार गर्दै वातावरणमैत्री यातायात प्रवर्द्धनमा योगदान पुर्याउने बताएका छन ।

कमेन्ट गर्नुहोस्