
बुटवल।रुपन्देही व्यापार संघ सेमलार शाखाको १३औं वार्षिक साधारणसभा शनिबार सम्पन्नभएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५, मधैया नमुना टोल जेष्ठ नागरिक भवनमा उक्त साधारणसभा सभा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले संघले आगामी दिनहरुमा जिल्लाका अन्य ठाउँहरुमा पनि शाखा विस्तार गर्दै जाने बताउनुभयो ।
संघको कार्य क्षेत्र रुपन्देही जिल्लाभरि रहेको भन्दै उहाँले जिल्लाको विभिन्न ठाउँहरुमा शाखा विस्तार गरी सम्बन्धित ठाउँका व्यापारीहरुलाई परेका समस्याहरुको पहिचान गर्दै सबै व्यापारीहरुको मूल संस्थाको रुपमा संघलाई स्थापित गरिने बताउनुभयो । कार्यक्रममा बुटवल वडा नं. १५ का निर्वतमान वडा अध्यक्ष डम्बर भण्डारी, बुटवल वडानं. १५ का वडा सदस्य कुलप्रसाद लम्साल, संघका महासचिव प्रकाशराज पौडेल, कार्यसमिति सदस्य प्रेमनाथ पाण्डे, देवी शर्मा चपाई, मनिराम खनाल(मणि), टेकराज पन्थी, संघका सल्लाहकार नगेन्द्र आचार्य, पूर्व शाखाअध्यक्ष फणिराज उपाध्याय, पूर्णप्रसाद काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शाखा अध्यक्ष तुल्सीराम उपाध्यायले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष डिला कणेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभई पारित गरिएको थियो । कार्यक्रम शाखा अध्यक्ष तुल्सीराम उपाध्यायको अध्यक्षता, उपाध्यक्ष प्रेम प्रसाद पौडेलको स्वागत तथा कोषाध्यक्ष डिला कडेलेको संचालनमा सम्पन्न भएको थियो । हाल संघको सेमलार शाखा अन्तर्गत बुटवल १५ र १६ का २०० जनाव्यवसायीहरु आबद्ध रहेका छन् ।
कमेन्ट गर्नुहोस्